तोलामा १ हजार ४०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। 

आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले गिरावट आएको छ । योसँगै प्रतितोला छापावाल सुन१ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो दुई दिनमा सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको छ। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।

१ बर्ष अगाडि

प्रतिक्रिया