काठमाडौँ - प्राइम बैंक स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ ।उक्त सुखद् अवसरमा बैंक परिवार ग्राहकहरूको सेवामा समर्पित रही बैंकिङ सेवारसुविधाहरू थप गुणस्तरीय र अझ परिष्कृत गर्दै लैजाने बैंकले प्रतिबद्धता जाहेर गरेको छ । साथै जस्तोसुकै अवस्थामा पनि बैंकको प्रगति र दिगो उपलब्धिमा सधै सद्भाव, सहयोग र सदाशयता राख्ने सम्पूर्ण वर्ग संघ संस्थाहरू, नियामक निकाय, सञ्चारकर्मी, कर्मचारी लगायत शुभेच्छुकहरूमा बैंकले आभार प्रकट गरेको छ ।
प्रतिक्रिया