काठमाडौँ- यो साता सुनको भाउमा लगातार गिरावट आएको छ। कुल ६ कारोबार दिनमा ४ दिन सुनको भाउ घटेको छ। यो साता सुनको १ दिनमात्रै बढ्यो भने १ दिन स्थिर रहेको छ।
साताको अन्तिम कारोबारमा दिन शुक्रबारमा पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।
यो सातामात्रै सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले घटेको छ। उता चाँदीको भाउ भने आज तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
यो साता चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ।
प्रतिक्रिया