आपराधिक विश्वासघात’ कसुरमा प्रहरीमा उजुरी परेपछि पक्राउ परेका अभिनेता अनमोल केसी शुक्रवार रातिदेखि नै अस्पताल भर्ना भएका छन्।
केसीलार्ई छातीमा समस्या देखिएपछि शुक्रवार राति अस्पताल भर्ना गरिएको थियो । अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेका अनुसार अनमोललाई अचानक राति छातीमा देखिएको समस्याका कारण श्वासप्रश्वासमा समेत समस्या आउन थाले पछि अस्पताल भर्ना गरिएको थियो ।
सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘रावायण’ फिल्ममा अभिनय गर्ने भनेर १० लाख रुपैयाँ लिएको, तर अन्तिम समयमा फिल्म खेल्न अस्वीकार गरेको भन्दै केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो।
उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई शुक्रवार साँझपख भक्तपुरबाट पक्राउ गरेको थियो।
प्रतिक्रिया