काठमाडौँ- नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ।
आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया