जलविद्युत आयोजनाहरुको पीपीए गर्न  प्राधिकरणको आव्हान

७ महिना अगाडि

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरुको खरिद–बिक्री सम्झौता (पीपीए) गर्नका लागि प्रवर्द्धकहरुलाई आह्वान गरेको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी पीपीएस गर्न आउन आह्वान गरेको हो। प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा क्रमशः ६ हजार ७५० मेगावाट र ४ हजार ५०० मेगावाट नपुगेसम्म पीपीए गर्ने निर्णयअनुसार जलविद्युत आयोजनाका प्रवर्द्धकहरुलाई आह्वान गरेको छ। 

प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोलक्रमअनुसार पीपीएको कारबाही प्रक्रिया बढाइने सूचनामा उल्लेख छ। पीपीए प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनी र विद्युत नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, पफर्मेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवर्द्धक कम्पनीलाई प्राधिकरणले पीपीए गर्न आउन भनेको छ। 

यसका लागि प्राधिकरणले ३५ दिनको समयसीमा दिएको छ। यो अवधिभित्र निवेदन प्राप्त नभए वा निवेदनमा चाहिने कागजात नपुगे त्यस्ता आयोजनालाई रोलक्रमबाट हटाई रोलक्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका त्यसपछिका आयोजनाको पीपीए प्रक्रिया अगाडि बढाइने सूचनामा स्पष्ट पारिएको छ। 

७ महिना अगाडि

प्रतिक्रिया