सुनको मुल्यमा सामान्य वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, १७ असोज २०८०, ११ : १६

काठमाडौँ- सुनको भाउमा लगातार आइरहेको गिरावटमा ब्रेक लागेको छ। सुनको भाउ लगातार ७ दिन घटेपछि आज बुधबार बढेको हो। 

आज भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो मंगलबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो। 

बुधबार, १७ असोज २०८०, ११ : १६

प्रतिक्रिया