काठमाडौँ- नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ।
आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज लगातार दोस्रो चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको थियो। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया