भीटू क्लबमा सविन राईको कन्सर्ट आयोजना

शुक्रबार, १९ असोज २०८०, १० : ०१

काठमाडौँ- दरबारमार्ग स्थित अन्नपूर्ण होटेलमा रहेको भीटू क्लबमा चर्चित शुक्रबार (आज) गायक सविन राईको कन्सर्ट आयोजना हुने भएको छ । साँझ ७ बजे क्लबको डोर ओपन सँगै डाइनामिक्स ब्यान्डले साङ्गीतिक प्रस्तुति दिनेछन् । त्यसपछि सविन राईको प्रस्तुति रहनेछ ।

दरबारमार्गमा हालसालै खुलेको यो क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउन्डको संयोजन छ । क्लबको इन्टेरियर निकै मनमोहक छ । सिटिङ अरेजमेन्ट पनि उत्कृष्ट रहेको छ । प्राइम लोकेसन तथा पर्याप्त पार्किङ सुविधा भएको यो क्लबले हरेक दिन फरक फरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको यसका सञ्चालक कृष्णकुमार बुढाथोकी बताउँछन् ।

गायक राई थोरै गीत गाएर धेरैको मनमा बस्ने गायक मध्येमा पर्छन् । सन् २००१ मा उनले निकालेको एल्बमलाई स्रोताले त्यति नोटिस गरेनन् । गायक राईले सन् २००३ मा  ‘सतह’ नाम एल्बम निकाले जसमा समेटिएका गीतले सविन राईलाई स्रोतामाझ अत्याधिक चर्चित बनायो । उनी सङ्गीत प्रेमीमाझ लोकप्रिय गायकका रूपामा स्थापित भए । ‘सतह’ एल्बमले राईलाई जुन सफलता दिलायो त्यसैका कारण आजसम्म पनि राईलाई सङ्गीत प्रेमीमाझ सर्वप्रिय छन् ।

राईले गाएका ‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँशको फेद मुनि’ ‘किन कि म’  ‘नमूना’ ‘म संसार जित्ने आश गर्दैछु,’ जस्ता गीत स्रोतहरूले आज पनि उत्तिकै रुचाइरहेका छन् । क्लबले सविन र फराहो ब्यान्डलाई प्रत्यक्ष सङ्गीतका लागि प्रस्तुत गर्ने माध्यम मिलाएको छ ।

शुक्रबार, १९ असोज २०८०, १० : ०१

प्रतिक्रिया