सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, २१ असोज २०८०, ११ : ०१

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  


गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भाउ स्थिर रहँदै चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो। 

आइतबार, २१ असोज २०८०, ११ : ०१

प्रतिक्रिया