कार्ड नभएकाले आकस्मिकबाहेक चालक अनुमति पत्र छपाइ बन्द

सोमबार, २२ असोज २०८०, ०७ : ५२

‘स्मार्ट’ चालक अनुमति पत्र छपाइका लागि आवश्यक कार्ड अभावका कारण आकस्मिकबाहेक अरू छपाइको काम रोकिएको छ। अनुमति पत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी छपाइको काम नभएको यातायात व्यवस्था विभागले जनाएको छ। 

विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले  आजको अर्थलाई जानकारी दिएका छन्। नियमित रूपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमति पत्रको सङ्ख्या भने बढिरहेको छ। थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरुले बताएका छन्।  

अहिले खरिद गरिएका कार्ड पहिलो पटक छ लाख आउन लागेको बताइएको छ। त्यसपछि दोस्रो पटकमा पनि छ लाख खरिदका लागि प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ। सरकारले नागरिकलाई सजिलो रूपमा सेवा दिन ‘स्मार्ट’ चालक अनुमति पत्र सुरु गरेको भए पनि सेवा व्यवस्थित बनाउन नसक्दा पटक पटक नागरिकले दुःख पाइरहेका छन्। 

सोमबार, २२ असोज २०८०, ०७ : ५२

प्रतिक्रिया