सुनको मुल्य बढ्यो, चाँदीको कति ?

सोमबार, २२ असोज २०८०, ११ : ००

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ। 

 आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन१ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो आइतबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।

सोमबार, २२ असोज २०८०, ११ : ००

प्रतिक्रिया