सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, २३ असोज २०८०, १० : ५४

काठमाडौँ- नेपाली बजारमा सुनको भाउको बढोत्तरीले मंगलबार पनि निरन्तरता पाएको छ। 

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार 

हिजो पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो। 

 

मंगलबार, २३ असोज २०८०, १० : ५४

प्रतिक्रिया