‘जुनियर लिटील स्टार हन्ट नेपाल २०२३’ सम्पन्न

बुधबार, २४ असोज २०८०, १२ : २२

काठमाडौंँ-  ‘जुनियर लिटील स्टार हन्ट नेपाल २०२३’ इभान्सी पौडेल र यथार्थ शाही ठकुरी भएका छन् । क्रिजोना मिडिया ग्रुपले राजधानीमा आयोजना गरेको बालबालिका सहभागी प्रतियोगितामा जिज्ञासा शाही ठकुरी र रियाज आलेमगर ‘सिनियर लिटील स्टार हन्ट नेपाल २०२३’ भए  राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘लिटील स्टार हन्ट नेपाल २०२३’ को जुनियरत‍‍‍‍र्फ इभाना शर्मा र व्रिसभध्वज कार्की फस्ट तथा श्रेया गुरुङ र सक्षम पनेरु सेकेन्ड रनर्सअप भए ।

२६ प्रतियोगीबिच कडा प्रतिस्पर्धा भएको प्रतियोगिताको सिनियरत‍‍‍‍र्फ संस्कृति बराल र रिदम पनेरु फस्ट रनर्सअप तथा उज्मा बानु थापा र सर्वजित खरेल सेकेन्ड रनर्सअप भए । रानी खरेलको कोरियोग्राफी रहेको प्रतियोगिता बालबालिकाको प्रतिभा तथा आत्मविश्वास अभिवृद्धिका लागि आयोजना गरिएको आयोजक क्रिजोना मिडिया ग्रुपका अध्यक्ष लभिन अन्सारीले जानकारी दिए ।

प्रतियोगितामा मोडल तथा मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल आस्था सखा, मोडल तथा अभिनेता दीपक घिमिरे र मिसेस इन्टरनेशनल अनिता यादव निर्णायक रहेका थिए ।

बुधबार, २४ असोज २०८०, १२ : २२

प्रतिक्रिया