व्यावसायिक फुटबलका लागि इजरायलमा रहेकी सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड समेत रहेकी सावित्रा इजरायलमा द्वन्द्व बढेपछि स्वदेश फर्किएकी हुन्।
बुधवार राति नेपाल आइपुगेकी हुन् सावित्रा । मङ्गलवार रातिको उडानमा इजरायलबाट उडेकी साम्बा थाइल्यान्ड हुँदै काठमाडौँ आइपुगेकी हुन्। चीनको हाङझाउमा भएको एसियाली खेलकुद ९एसियाड० मा भाग लिएर स्वदेश फर्के लगत्तै साम्बा इजरायल गएकी थिइन्।
साम्बा सम्मिलित हापोयल रानाना लिगका ४ खेल खेलेको छ। जसमध्ये एउटामा जित, २ मा बराबरी र एउटा खेलमा हार बेहोरेको छ। युइएफएले इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै २ साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गरिएका जनाएको छ।
प्यालेस्टिनी लडाकु समूह हमासले शनिवार बिहान आक्रमण गरेपछि इजरायल अहिले द्वन्द्वमा छ। हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आबद्ध छन्। गत साताको खेलमा सम्बाकै गोलबाट उनको टोली हारबाट जोगिएको थियो।
प्रतिक्रिया