सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, २५ असोज २०८०, ११ : ३२

काठमाडौैँ- नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ ।
आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो। 

विहीबार, २५ असोज २०८०, ११ : ३२

प्रतिक्रिया