काठमाडौँ- दसैँको पहिलो दिन घटस्थापनामा सुनको भाउ स्थिर रहेको छ।
आज आइतबार सुनको भाउ कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको हो।
गत शनिबार सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेको थियो। यो दिन छापावाल सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया