यस्तो छ आज तरकारी तथा फलफुलको मुल्य :

सोमबार, २९ असोज २०८०, ०९ : ५८

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको मूल्यसूची प्रकाशित गरेको छ ।

 जसअनुसार आज कालीमाटीमा प्रतिकेजी १० रुपैयाँदेखि ५५० रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ । यो दिन स्कूस सबैभन्दा सस्तो प्रतिकेजी औसत मूल्य १० रुपैयाँमा खरिदबिक्री भएको छ भने पार्सले र पुदीना ५५० रुपैयाँ पर्नेछ । 

त्यस्तै, ठुलो भारतीय गोलभेडाको औसत मूल्य प्रतिकेजी ३९ रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, टनेल गोलभेडा ६० रुपैयाँ ६० पैसा, भारतीय सानो गोलभेडा ३५ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, मुडेको आलु ५१ रुपैयाँ, सेतो आअलु ४७ रुपैयाँ, सुकेको प्याज (भारतीय) ६७ रुपैयाँ ४० पैसा, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, तराई गाजर ८५ रुपैयाँ, स्थानीय काउली ७६ रुपैयाँ, डल्लो भन्टा र लोकल घिउ सिमी ५५ रुपैयाँ, टाटे सिमी ४६ रुपैयाा ६७ पैसा, घिरौला प्रतिकेजी ५५ रुपैयाँ, पाकेको फर्सी ५२ रुपैयाँ ५० पैसा, तितो करेला ५६ रुपैयाँ, लौका र झिगूनी ४५ रुपैयाँ तोकिएको छ । 

सोमबार, २९ असोज २०८०, ०९ : ५८

प्रतिक्रिया