काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
गत आइतबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेर १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत आइतबार सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेको थियो। यसैगरी, तेजावी सुनको मूल्य पनि तोलामा ७०० रुपैयाँले घटेर १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
यो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यो दिन प्रतितोला १ हजार ३९० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
महासंघले सोमबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार २८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ९५ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया