दिव्यश्वरी हाइड्रोपावरको हकप्रद सेयरको आकारमा वृद्धि

मंगलबार, ३० असोज २०८०, १२ : ३२

काठमाडौँ- दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको छ। 

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले हकप्रद सेयरको आकार बढाउने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। 

यसअघि गत असार १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो। उक्त निर्णय कम्पनीको हिजो बसेको बैठकले रद्द गर्दै हकप्रदको आकार बढाएको हो। 

प्रस्तावित हकप्रद विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ। 

हकप्रद निष्कासनबाट प्राप्त हुने पुँजीमध्ये पाँच खपन हाइड्रोपावरमा ५१ प्रतिशत लगानी गर्ने निर्णय पनि कम्पनीले गरेको छ। बाँकी रकम बैंकबाट लिएको दीर्घकालीन कर्जाको भुक्तानी गर्ने निर्णय कम्पनीले गरेको छ।

 

मंगलबार, ३० असोज २०८०, १२ : ३२

प्रतिक्रिया