सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, ०१ कार्तिक २०८०, १० : ५८

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 

 

बुधबार, ०१ कार्तिक २०८०, १० : ५८

प्रतिक्रिया