काठमाडौँ- नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ।
आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन१ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया