१४ हजार रोजगारी कटौती गर्ने योजनामा नोकिया

६ महिना अगाडि

काठमाडौँ - फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता  कम्पनी नोकियाले लागत कटौती गर्न ठूलो संख्यामा रोजगारी कटौटी गर्ने भएको  छ।कम्पनीले सन् २०२६ को अन्त्यसम्ममा ९ हजारदेखि १४ हजार रोजगारी कटौती गर्ने बताएको छ । कम्पनीले उक्त अवधिसम्ममा लागत कटौतीको लक्ष्य पुरा गर्न कर्मचारी कटौती गर्ने योजना बनाएको हो। यसअघि सन् २०२० को अन्त्यसम्म ७० करोड यूरो लागत बचत गर्ने लक्ष्य राखेको थियो । 

कम्पनीले  सन् २०२३ को जुलाई र सेप्टेम्बरमा बिक्रीमा २० प्रतिशत गिरावट आएपछि यो घोषणा गरेको हो।कम्पनीले उत्तरी अमेरिका जस्ता बजारहरूमा उपकरणको माग सुस्त भएको बताएको छ । कम्पनीमा हाल विश्वभर ८६ हजार कर्मचारीहरू कार्यरत छन् । कम्पनीले हालसम्ममा हजारौं कर्मचारीलाई कामबाट बरखास्त गरिसकेको  छ।नोकियाले सन् २०२६ सम्ममा ६९५ मिलयन डलरदेखि १ बिलियन डलर लागत घटाउन चाहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले क्लाउड कम्प्युटिङ र एआईमा प्रगति गर्न कार्यबलमा व्यापक सुधारको आवश्यकता भएको बताएका छन् ।साथै उनले बजार रिकभरीको अनिश्चित समयलाई ध्यानमा राख्दै कम्पनीले निर्णायक कदम चाल्नु परेको बताएका छन् ।विश्वमा हाल कायम आर्थिक मन्दि तथा रसिया९युक्रेन युद्धका कारण अनिश्चितताको अवस्थामा कम्पनीले हालैको त्रैमासिक वित्तीय विवरणमा नेटवर्क व्यवसायमा सुधार हुने अपेक्षा गरेको छ।

नोकिया कुनै समय संसारको सबैभन्दा ठूलो मोवाइल फोन निर्माता थियो तर यसले एप्पलको आईफोन र सामसुङको ग्यालेक्सी जस्ता चर्चित ब्रान्डसँग प्रतिस्पर्धा गर्न सकेन ।कम्पनीले अहिले आफ्नो ह्यान्डसेट व्यवसाय माइक्रोसफ्टलाई बिक्री गरिसकेको छ । -एजेन्सी

६ महिना अगाडि

प्रतिक्रिया