काठमाडौँ - नेपाली बजारमा आज फेरि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।
आज प्रतितोला छापावाल सुन १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो। आज सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ।
हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया