दुई महिनामा ५५ करोड रुपैयाँको छुर्पी निर्यात

६ महिना अगाडि

काठमाडौँ – चालु आर्थिक वर्षको दुई महिनामा ५५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु वर्षको साउन र भदौ महिनामा ५४ करोड ९८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको हो । यस अवधिमा नेपालबाट २ लाख ७३ हजार किलो छुर्पी निर्यात भएको विभागले जनाएको छ । बिरालो र कुकुरको खानाका रुपमा विकसित देशमा निर्यात हुने छुर्पी विश्वका १७ देशमा निर्यात हुँदै आएको छ । नेपालबाट अमेरिकामा ४७ करोड, क्यानडामा ४ करोड २० लाख, चीनमा ३ लाख ६७ हजार, हङकङमा ३५ लाख रुपैयाँको निर्यात भएको छ । यसबाहेक, सिंगापुरमा १३ लाख, कोरियामा ४५ लाख, मलेसियासिआइएनबाट मा १२ लाख र नेदरल्याण्ड्समा २० लाख रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

सिआइएनबाट 

६ महिना अगाडि

प्रतिक्रिया