काठमाडौँ- भारतका प्रसिद्ध योग गुरु रामदेवद्धारा सञ्चालित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ।
पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग पनि सञ्चालन गर्ने जनाएको छ।
योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक औषधि उद्योग सञ्चालन गर्ने जनाएका हुन्। नेपालका हरेक वनजंगल, पहाड, खोला खोल्सीमा जडिबुटीहरूको भण्डार छ। तर ती जडिबुटीको उचित प्रयोग हुन सकेको छैन,ु आचार्य बालकृष्णले भने।
जडिबुटी बिक्रीका लागि कुनै पनि बजारको खोजी गर्नुनपर्ने समेत उनले बताए। ुजडिबुटी उत्पादन गर्न सके बिक्रीका लागि बजारको खोजी नै गर्नुपर्दैन। नेपालमा जडिबुटीको उत्पादन गरेर विदेशमा निर्यात गर्न सकिन्छ,ु उनले भने। उद्योग स्थापना भएपछि ५ सय बढीले रोजगारी पाउने र उनीहरू अधिकांश स्थानीय नै हुने उनले बताए। साथै आफैंले जडिबुटी संकलन गर्ने र उद्योगलाई बिक्री गरेर एक हजार जनाभन्दा बढीले अप्रत्यक्ष रूपमा रोजगारी पाउने पनि उनको भनाइ छ।
प्रतिक्रिया