काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको तरकारी तथा फलफुलको बजार भाउ तोकेको छ । आज भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ छ । यस्तै, सानो लोकल गोलभेँडा प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भइरहँदा टनेल गोलभेँडा ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, रातो आलुको थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ हुँदा सेतो आलुको थोक मूल्य ६३ रुपैयाँ कायम छ । भारतीय सुकेको प्याजको मूल्य प्रतितोला १०७ रुपैयाँ बिक्री भइरहँदा गाजर १०६ रुपैयाँ, बन्दा ६४ रुपैयाँ, काउली ८५ रुपैयाँ र सेतो मुला १७ रुपैयाँ कायम छ ।
यसबाहेक, लाम्चो भन्टा २५, बोडी ७५ रुपैयाँमा कारोबार हुँदा मटरकोशा २२५ रुपैयाँमा कारोबार भइरहेको छ । घिउ सिमीको थोक मूल्य २५ रुपैयाँ कायम छ भने टाटे सिमीको थोक मूल्य ७६ रुपैयाँ छ ।
प्रतिकिलो तिते करेलाको थोक मूल्य ८५, लौकाको २५ रुपैयाँ र परवरको ४६ रुपैयाँ छ । यस्तै घिरौँलाको थोक मूल्य ३५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेभसाइटमार्फत जानकारी दिइएको छ ।
प्रतिक्रिया