आज भारतीय गोलभेँडा सहित अन्य तरकारीको मुल्य कति ?

आइतबार, १२ कार्तिक २०८०, ०९ : २२

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । 
जस अनुसार आज भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ छ । यस्तै, सानो लोकल गोलभेँडा प्रतिकिलो २७ रुपैयाँ ६७ पैसा, रातो आलु ७० रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ ७५ पैसा, र प्याजको मूल्य १०७ रुपैयाँ प्रतिकिलो तोकिएको छ । 

त्यसै गरी लोकल गाजर  ९७ रुपैयाँ ६७ पैसा, लोकल बन्दा  ६५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ  र लोकल सेतो मुला  १७ रुपैयाँ ६७ पैसा प्रति किलो निर्धारण गरिएको छ । 

आइतबार, १२ कार्तिक २०८०, ०९ : २२

प्रतिक्रिया