सुनको मुल्य स्थिर, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, १२ कार्तिक २०८०, ११ : ३८

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ। 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन पनि शनिबारकै मूल्य अर्थात १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । शनिबार र आइतबार चाँदीको मूल्य समान रहेको हो । 

आइतबार, १२ कार्तिक २०८०, ११ : ३८

प्रतिक्रिया