भारतमै किलोको ८० रुपैयाँ पुग्यो प्याजको भाउ

आइतबार, १२ कार्तिक २०८०, १२ : ४३

काठमाडौँ - भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । आपूर्ति अभावबिच हालैका दिनमा प्याजको भाउ बढेको छ । 
 

राजधानी नयाँ दिल्लीको  खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको छ । खुद्रा बजारमा भाउ बढ्न थालेपछि शुक्रबार केन्द्र सरकारले सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ । 

 नयाँ प्याज बजारमा आउन ढिलाइ हुँदा भाउ बढेको बताइएको छ । नयाँ प्याज बजारमा आउने समय भइसके पनि आइसकेको छैन । एजेन्सी

आइतबार, १२ कार्तिक २०८०, १२ : ४३

प्रतिक्रिया