प्याजको मूल्य आकाशियो अन्य तरकारीको कति ?

मंगलबार, १४ कार्तिक २०८०, ०९ : ०८

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज कालीमाटीमा सुकेको प्याजको मूल्य प्रतिकेजी १२२ रुपैयाँ ५० पैसा पुगेको छ ।

हिजो सोमबार प्रतिकेजी ११८ रुपैयाँ रहेको प्याजको मूल्य आज बढेर करिब पाँच रुपैयाँले बढेको हो । त्यस्तै, आज टनेल गोलभेडाको भाउ पनि बढेको छ । आज गोलभेँडाको भाउ टनेलको ४५ रुपैयाँ पुगेको छ ।

यस्तैगरी रातो आलु केजीको ६०, मुढेको आलु ५१, सेतो आलु ५२ रुपैयाँ रहेको छ । यस्तैगरी स्थानीय काउली ४५ रुपैयाँ, मूला रातो ६५, सतो मूला १९ बन्दा लोकल ६५ रुपैयाँ रहेको छ ।

यस्तैगरी, भन्टा लाम्चो रू १५, भन्टा डल्लो ४५,  बोडी (तने) ६५, मकै बोडी ५६.६७, मटरकोशा २१०, घिउ सिमी (लोकल) तितो करेला ६५, परवर (लोकल) ४६.६७ घिरौला ३३.७५ रुपैयाँ रहेको छ । 

 

मंगलबार, १४ कार्तिक २०८०, ०९ : ०८

प्रतिक्रिया