सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

मंगलबार, १४ कार्तिक २०८०, ११ : ३६

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँ कायम भएको छ। 

हिजो पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो। 

 

मंगलबार, १४ कार्तिक २०८०, ११ : ३६

प्रतिक्रिया