जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

मंगलबार, १४ कार्तिक २०८०, १२ : ३०

ललितपुर-  ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । 

जावलाखेल ग्राउन्डमा आजदेखि सुरु भएको प्रदर्शनीमा करिब ७० वटा स्टल छन् । नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवर्धन गर्नको लागि मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । 

तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी ५ दिनसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ ।

CaptureCapture

मंगलबार, १४ कार्तिक २०८०, १२ : ३०

प्रतिक्रिया