कात्तिक ११ गते जुवा खेलेका गायक चक्र बमसहितको टोली १४ गतेको साँझ पक्राउ

बुधबार, १५ कार्तिक २०८०, ०८ : ५२

प्रहरी वृत्त सिंहदरबारको टोलीले जुवा खालबाट कलाकारको टोलीलाई हिजो साँझ पक्राउ गरेको छ। घटना कात्तिक ११ गतेको भए पनि प्रहरीले मङ्गलवार मात्र जानकारी दिएको हो। ९ जनालाई जुवा खेल्दा खेल्दै ११ गते राति १० बजे पक्राउ गरेको थियो। 

काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीस्थित रमेशनाथ पाण्डेको घरको दोस्रो तलामा भोजपुरको पात्ले पानी–२ घर भई हाल मैतीदेवी बस्दै आएका गजित  विष्टले सञ्चालन गरेको डान्स फिवर डान्स सिकाउने ठाउँमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

उनीहरूको साथबाट एक लाख ९० हजार ९२० रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको छ। पक्राउ पर्नेहरूमा भोजपुरको पात्ले पानी घर भई मैतीदेवी बस्ने ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुर–२४ का ३८ वर्षीय शूर्पमान स्याङ्तान, रुकुम पश्चिमको बाँफिकोट–२ का २६ वर्षीय रोशन सिंह र कैलालीको गोदावरी–२ का २९ वर्षीय चक्र बम रहेका छन्। 

यस्तै काभ्रेको पाँचखाल–६ का ६० वर्षीय शैकरप्रसाद आचार्य, रामेछापको राका थुम–१ २८ वर्षीय टाइम मगर बुढानीलकण्ठ–९ का  ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट –७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन्। पक्राउ परेका उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ। 

बुधबार, १५ कार्तिक २०८०, ०८ : ५२

प्रतिक्रिया