आज पनि घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

बुधबार, १५ कार्तिक २०८०, १० : ५९

काठमाडौँ- सुनको भाउमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ। सुनको भाउ आज बुधबार पनि घटेको हो। 

आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ गत सोमबार र मंगलबार पनि तोलामा ५०० रुपैयाँका दरले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो। 

 
 

बुधबार, १५ कार्तिक २०८०, १० : ५९

प्रतिक्रिया