सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, १६ कार्तिक २०८०, १० : ५३

काठमाडौँ- नेपाली बजारमा सुनको भाउमा आइरहेको गिरावट ब्रेक लागेको छ। आज सुनको भाउ बढेको छ। 

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउमा गत सोमबारदेखि लगातार गिरावट आएको थियो। हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो। 

 

विहीबार, १६ कार्तिक २०८०, १० : ५३

प्रतिक्रिया