आजसम्मकै उच्च विन्दुमा पुगेपछि घटेको सुनको भाउ फेरी अघिल्लो दुई दिनमा तोलामा नौ सयले बढेको छ। सुनको भाउसँगै चाँदीको भाउ समेत तोलामा १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसै गरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार र मङ्गलवार पाँच-पाँच सयले घटेको सुनको भाउ बुधवार थप एक हजार रुपैयाँले घटेको थियो । बिहीबार भने सुनको भाउ ७ सयले बढेको थियो । यसै गरी आज चाँदी प्रति तोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रति तोलाको एक हजार चार सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया