सुनको मुल्य स्थिर, चाँदीको कति ?

आइतबार, १९ कार्तिक २०८०, ११ : २२

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार ३५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो। 

 

आइतबार, १९ कार्तिक २०८०, ११ : २२

प्रतिक्रिया