सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

सोमबार, २० कार्तिक २०८०, १० : ५२

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन१ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो। 

सोमबार, २० कार्तिक २०८०, १० : ५२

प्रतिक्रिया