साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०८०(८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म कर्पोरेसनले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा २१२.९६ प्रतिशत धेरै हो ।
गत वर्षको असोजसम्म कर्पोरेसन ६१ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको आम्दानी बढ्दा नाफा पनि बढेको हो । गत वर्ष १ अर्ब ५४ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेको बिक्री आम्दानी अहिले बढेर २ अर्ब ९२ करोड ९० लाख २२ हजार पुगेको छ ।
साल्ट ट्रेडिङ अन्य आम्दानी १ करोड ३ लाखबाट बढेर १ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीले ११ करोड ९२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ। हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार ३०९ रुपैयाँ छ । यसको जगेडा तथा मुनाफा शीर्षकमा १ अर्ब ३२ करोड ७० लाख ४७ लाख रुपैयाँ जम्मा रहेको छ ।
प्रतिक्रिया