काठमाडौँ- नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोलाछापावल सुन १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया