काठमाडौँ - Sparrow SMS नेपालको अग्रणी Bulk SMS सेवा प्रदायक कम्पनीले खल्ती डिजिटल वालेट सँगको सहकार्यमायस पालीको तिहार आफ्नो ग्राहाक तथा अन्य व्यवसाय सँग मनाउन तिहार विशेष रंगोली मेकिंग प्रतियोगिता आयोजना गरेको छ ।
नेपालीहरुको महान चाड तिहारमा घर तथा कार्यलयमा विशेष रंगोली बनाउने चलन रहि आएकोले यस प्रतियोगितामा भाग लिनको लागि कुनै व्यवसाय तथा संस्थाले आफ्नो कार्यलयमा तिहार विशेष बनायिने उक्त रंगोली लाई फेसबूक, इन्स्ताग्राम,Linkedin , टिकटक जस्ता समजिक सन्जालमा #sparrowsms #sparrowrangoli ह्यासट्याग अनिवार्य प्रयोग गरी पोस्ट तथा शेयर गर्नु पर्ने हुन्छ ।
नोवेम्बर १५ सम्म पोस्ट गरिएका रंगोलीहरुलाई रचनात्मक्, कलात्मक र धेरै भन्दा धेरै शेयर गरेको आधार मा सहभागि मध्य एक समुहलाई बिजेता घोषणा गरिने छ । बिजेता समुहले नोवेम्बर २५ मा काठमान्डौको ह्यात रेजेन्सी ग्राउन्डमा हुन लागेको भारतको लोकप्रिय गायक अरिजित सिंहको सांगितिक कन्सर्टको ४ वटा पास पाउनुहुने छ । अरिजित सिंहको नेपालका लागि यो पहिलो भ्रमण हो र उनी नेपाली दर्शकमाझ धेरैनै चर्चित छन् ।
यस प्रतियोगीतामा व्यत्तिगत रुपमा भने सहभागी हुन पाइने छैन सहभागी हुन कुनै कार्यलयमा आवद्ध हुनै पर्ने र रंगोली पनि कार्यलयमै समूहमा बनाएको हुनु पर्ने छ । एकै कार्यलयको विभिन्न समूह, विभाग, शाखाले भिन्न रंगोली बनाएर भने सहभागी हुन पाउने छन् ।
रंगोली मेकिंग प्रतियोगितामा सहभागी हुन Instagram, LinkedIn, Facebook र TikTok मा @sparrowsms फलो गर्नुहोस्। आफ्नो कार्यालयमा बनाइएका रंगोलीका तस्विर र भिडियो पोष्ट गर्दा ह्यासट्याग ३कउबचचयधकmक र ३कउबचचयधचबलनयष् िप्रयोग गर्न नबिर्सनुहोला।
#sparrowsms र #sparrowrangoli प्रतिस्पर्धाको लागि नियम र सर्तहरू हेर्न सक्नुहुनेछ।
प्रतिक्रिया