सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, २२ कार्तिक २०८०, ११ : ०९

काठमाडौँ-  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । यससँगै, सुनको मूल्य लगातार तेस्रो दिन घटेको छ । आज तोलामा ३०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम थियो । यस्तै, हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ रहेकामा आज १ लाख १४ हजार १५० रुपैयाँ कायम भएको छ । आज पनि तोलामा ३०० ले घटेसँगै सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट आएको छ ।


सोमबारदेखि घट्न थालेको सुन लगातार बुधबारसम्म घटेको हो । यस्तै, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।

बुधबार, २२ कार्तिक २०८०, ११ : ०९

प्रतिक्रिया