क्रिकेट रंगशालाहरूलाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाउने निर्णय

विहीबार, २३ कार्तिक २०८०, १३ : ५९

काठमाडौँ - सरकारले मोरङ, काठमाडौँ र चितवनका तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

 बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

विहीबार, २३ कार्तिक २०८०, १३ : ५९

प्रतिक्रिया