बढ्यो सुनको भाउ, कतिमा हुदैँ छ कारोबार ?

शुक्रबार, २४ कार्तिक २०८०, ११ : ४६

काठमाडौँ - आज नेपाली बजारमा  सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्न पुगेको हो । 

 यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

 उसो त आज धनतेरसका दिन सुनचाँदी, असर्फीको कारोबार धेरै हुने हुँदा पनि मूल्य बढेको हो । आज सुनचाँदीको असर्फी गृह प्रवेश गराउँदा धन बढ्ने र फलिफाप हुने धार्मिक विश्वास छ । 
 

शुक्रबार, २४ कार्तिक २०८०, ११ : ४६

प्रतिक्रिया