शनिवारका दिन घुम्न जाँदै हुनुहुन्छ ? तपाईँको लागि यी ठाउँ हुनसक्छ उपयुक्त

५ महिना अगाडि

आज शनिवारका दिन हप्ताभरिको कामको थकानले एक दिनको छुट्टीमा घुम्न जाने रहर हर कोहीसँग रहन्छ । तर घुम्न जाने भनेर मात्रै भएन, त्यसका लागि उपयुक्त घुम्न लायक ठाउँ आवश्यक रहन्छ ।

 हप्ताभर थुप्रिएको घरको काम सकेर बचेको कम समयमा र कम आर्थिक खर्चमा घुमफिर गर्न सकिने ठाउँबारे धेरैलाई ज्ञान नहुन सक्छ आज हामी तपाईँलाई यहीँ विषयमा सहजता प्रदान गर्दछौ । काठमाडौँको नजिकै पर्ने केही पर्यटकीय गन्तव्यका बारे यहाँ चर्चा गरिएको छ । यी स्थानमा जानका लागि न त धेरै समय छुटाउनुपर्छ, न त धेरै आर्थिक भार नै ।

त्रिभुवन पार्क

थानकोट स्थित त्रिभुवन पार्क पिकनिक स्पटसँगै डेटिङ स्पटका रूपमा चिनिन थालेको एक चर्चित थलो हो । हरियाली जंंगलभित्रका ससाना बगैँचा र चराचुरुङ्गीको चिरबिर९चिरबिर आवाजले आमन्त्रण गरिरहेका आभास हुन्छ ।

साथीभाइहरूसँग जमघट गरेर पिकनिक गर्ने र टुगेदरनेसलाई सोलाइसज गर्नका लागि यो पार्क उपयुक्त छ। यो पार्क शान्त र हरियाली वातावरणमा भएकाले पिकनिकका लागि पनि प्रख्यात छ। कलङ्कीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको पार्क प्रवेश गर्न विद्यार्थी र अन्यलाई फरक–फरक शुल्क निर्धारण गरिएको छ।

चिडियाखाना

जनावर तथा पक्षीको अवलोकन र मनोरञ्नलका लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरूको सङ्ख्या पनि धेरै छ । शीतल र रमणीय स्थल भएकाले धेरै पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यहाँ रहेको पोखरी किनार र सँगै रहेका खेलकुद स्थानहरूमा भुलिने गर्छन् ।

धुलिखेल

धुलिखेल अर्को गन्तव्य हो जहाँ धेरै प्रेमिल जोडीहरू पुग्न गर्दछन् । यो ठाउँ डेटिङका लागि पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ । मोटरसाइकलमा जाने दूरीमा भएकाले यो ठाउँ अधिकांशको लागि उपयुक्त हुन सक्दछ। यो ठाउँ पारिवारिक घुमघामका लागि पनि राम्रो मानिन्छ ।

 ह्वाइट गुम्बा

काठमाडौँको राम कोट-८ डाँडा गाउँमा रहेको शान्त वातावरण भएको ह्वाइट गुम्बा जोडीहरूका लागि मन भू ल्याउने उपयुक्त स्थान हो । यहाँबाट काठमाडौँ उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । स्वयम्भू वा सीतापालाबाट डेढ घण्टा हिँडेर गुम्बामा पुग्न सकिन्छ । रमणीय बगैँचा र हरियाली डाँडाहरूमा रमाउन खुबै मजा आउँछ ।

नगरकोट

काठमाडौँबाट करिब ३५ किमीको दूरीमा रहेको यो ठाउँ प्राकृतिक रूपले समेत सुन्दर छ त्यसैले पनि धेरेको रोजाइमा पर्ने गरेको छ नगरकोट । राजधानीको भीडलाई छलेर त्यहाँको प्राकृतिक सौन्दर्यले प्रेममय मनलाई छताछुल्ल बनाइदिन्छ ।

मनोरम हिम शृङ्खला सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाउनु त्यहाँका थप आकर्षण हुन्। आसपासका दृश्य हेर्न त्यहाँ भ्यु टावर बनाइएको छ। नगरकोटमा स्तरीय रिपोर्टको कमी छैन भने जलपादेवी, कालीदेवी, महादेव कुण्डजस्ता देवस्थल पनि छन् ।

चोभार

यो ठाउँ पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । काठमाडौँ बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौँ सहरको सुन्दर दृश्य र हिमाल पनि अवलोकन गर्न सकिन्छ ।

 चलचित्र तथा म्युजिक भिडियोका छायाङ्कनका लागि ख्याति कमाएको यो स्थान सुनसान र एकान्त छ ।

भोटे चौर

‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौँबाट नजिकै रहेको भोटे चौरको चिया बगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सुन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा परिवारिक घुमघामका लागि राम्रो मानिन्छ ।

चाबहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटे चौरमा सुविधायुक्त होटेलहरू पनि छन् । साँखुबाट दुई घण्टाको बस यात्रा गरे भोटे चौर पुगिन्छ । साँखुबाट पाँच घण्टा हाइकिङ गर्दै जाँदा भ्यालेन्टाइन अविस्मरणीय हुन्छ ।

ललितपुरको वज्रवाराही

यो ठाउँ पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ ।उपत्यकाका चार वाराहीमध्ये वज्रवाराही मन्दिरको बेग्लै महत्त्व छ । ललितपुरको चाप गाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट  सहजै गाडी पाइन्छ । प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा पनि यो मन्दिरको विशेष महत्त्व छ ।

चिसापानी

नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँको संगमस्थल चिसापानी पुग्न सुन्दरी जलबाट करिब सात घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ । शिवपुरी निकुञ्जमा टिकट काटेर जङ्गल र बस्ती छिचोल्दै चिसापानी डाँडामा पुग्न सकिन्छ ।

गौरीशङ्कर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ बाट एक दिनमा पनि काठमाडौँ फर्कन सकिन्छ । हाइकिङलाई स्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो ।

इन्द्र सरोबर (कुलेखानी)

घुम्नका लागि उपयुक्त स्थान विद्युत् उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर ९कुलेखानी० रोज्ने गन्तव्य हो । तालमा काठका डुङ्गा सयर गरेर रमाउन जोडीहरू यहाँ पुग्छन् । माछाका परिकारहरू खानका लागि धेरैको रोजाइमा कुलेखानी पर्छ । काठमाडौँबाट फर्पिङ हुँदै ४५ किलोमिटर वा सिस्नेरीबाट ५५ किलोमिटर यात्रापछि कुलेखानी पुगिन्छ ।

स्वप्न बगैँचा (ड्रिम गार्डेन)

पर्यटकीय क्षेत्र ठमेलमा एउटा ऐतिहासिक र सुविधा सम्पन्न पार्क छ गार्डेन अफ ड्रिम अर्थात् स्वप्न बगैँचा । यो उपत्यका भित्रको चर्चित डेटिङ स्पटमध्येको एक हो । सुन्दर र आकर्षक बस्ने ठाउँ, माछा पोखरी, बगैँचा, सुविधा सम्पन्न क्याफे रहेको बगैँचा केसर महलसँगै रहेको छ । विदेशीहरूको रोजाइमा पर्ने बगैँचा नेपालीहरूको पनि उत्तिकै भिड लाग्छ । 

सुन्दरी जल

नाम जस्तै सुन्दर छ यो ठाउँ । यहाँको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा बसेर फोटो सेसन गर्न निकै उत्तम ठाउँ हो यो ।

 यो ठाउँ पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यो ठाउँ निकै व्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दूरीमा रहेको यो ठाउँमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागि उचित सुविधाहरू उपलब्ध छन् ।

ककनी

नुवाकोट जिल्लामा पर्ने ककनी जसलाई काठमाडौँ नजिकैको पर्यटकीय स्थलको रूपमा लिइन्छ । ट्राउट माछाको स्वादसँगै ककनी स्टेबरी र ट्राउन माछाले प्रख्यात मानिन्छ । काठमाडौँको माछा पोखरीबाट बस चढेर २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ ।

एकै दिनमा फर्केर आउन सकिने यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरू छन् । बासका लागि पनि सुविधायुक्त होटेलहरू छन् ।

गोदावरी

प्रेम जोडीका लागि प्रेम व्यक्त गर्ने उत्तम गन्तव्य हो गोदावरी । जहाँ प्राकृतिक सौन्दर्ययतामा रमाउन चाहनेका लागि यो एउटा उत्तम ठाउँको रूपमा लिइन्छ ।  यहाँ माया साट्नेहरूको भिड हुन्छ । त्यसो त पिकनिक र पारिवारिक रिफ्रेसका लागि पनि गोदावरी पुग्नेहरू थुप्रै भेटिन्छन् ।

गोदावरीस्थित बोट निकल गार्डेन आजकल आकर्षक गन्तव्य बनेको छ । फूल, बगैँचा र जङ्गलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ।

५ महिना अगाडि

प्रतिक्रिया