कस्तो छ ललितपुरको साइकल व्यापार ?

- शोभा धिताल

शनिबार, २५ कार्तिक २०८०, १२ : ३०

काठमाडौँ - तिहार लागेसँगै रमझम अनि झिलिमिली बत्तीहरूले सहरस् कमेरो, रातो माटो अनि फूलहरूले गाउँ सजिन थालेको छ । लगनखेल, न्यूरोड जस्ता प्रख्यात व्यावसायिक स्थानहरूमा भाइ मसला, भाइलाई उपहार अनि रङ्गहरू किन्नेको ताँती लागी सकेको छ । व्यापारीहरूलाई भने भ्याइन भ्याइ छ । तर साइकलमा तरकारी तथा फलफूल व्यवसाय गर्दै आउनेहरू भने चाडपर्वहरूले त्यति फरक नपार्ने बताउँछन् ।

 वीरगन्ज बासी मनोज प्रसाद विगत २५ वर्ष देखी साइकल व्यवसाय गर्दै आएका छन् । परिवारमा ५ सदस्य भएका उनी परिवार पाल्ने एउटै स्रोत उनको कमाइ रहेको बताउँछन् । कालीमाटीमा बसोबास गर्ने उनी बिहान ६ बजे देखी बेलुकी ६ बजे सम्म तरकारी बेच्ने गर्छन् । उनले आफ्नो साइकलमा सबै थरीको तरकारी जस्तैस् काउली, बन्दा, सिमी, बोडी, आलु, प्याज, लगाएका सिजन अनुरूपका सबै सामान बेच्दै आइरहेका छन् । उनी पाटन,ग्वार्को, लुबु ,लामाटार, सातदोबाटो आदी स्थानको गल्लीहरू हरेक दिन सामान लिएर डुल्ने गर्छन् ।  उक्त व्यापारबाट दिनमा करिब करिब १५००/ २००० सम्म फाइदा बच्ने उनी बताउँछन् । 

त्यस्तै विगत २० वर्षदेखि साइकल व्यवसायमा  रमाउँदै आएका भारत बासी पवन सहानी बिहान ७-८ बजे देखी बेलुकी ७-८ बजेसम्म आफ्नो साइकलमा अदुवा र लसुन बेच्दै आइरहेका छन् । हाल उनी कालीमाटीमा बसोबास गरिरहेका छन्। कालीमाटीको तरकारी बजारबाट सामान आफ्नै लगानीमा खरिद गरेर दिनमा उनी २-३ साइकल सामान बेच्ने गर्छन् । किलोमा ४० देखी ५० रुपैयाँ फाइदा बस्ने उनी बताउँछन् । आफू आफ्नो व्यवसायबाट प्रसन्न रहेको उनको भनाइ छ ।

त्यस्तै विगत २० वर्षदेखि साइकल व्यवसायमा  रमाउँदै आएका भारत बासी पवन सहानी बिहान ७-८ बजे देखी बेलुकी ७-८ बजेसम्म आफ्नो साइकलमा अदुवा र लसुन बेच्दै आइरहेका छन् । हाल उनी कालीमाटीमा बसोबास गरिरहेका छन्। कालीमाटीको तरकारी बजारबाट सामान आफ्नै लगानीमा खरिद गरेर दिनमा उनी २-३ साइकल सामान बेच्ने गर्छन् । किलोमा ४० देखी ५० रुपैयाँ फाइदा बस्ने उनी बताउँछन् । आफू आफ्नो व्यवसायबाट प्रसन्न रहेको उनको भनाइ छ ।

अर्का भारत बासी साइकल व्यापारी अक्षलाल भने आफ्नो साइकलमा सिजन अनुरूपको फलफूल बेच्ने गर्छन् । हाल उनी बल्खु बसोबास गरिरहेका छन् । बल्खुको फलमण्डीबाट बिहान सबेरै फलफूल किनेर उनी आफ्नो व्यवसाय बिहान आठ बजेदेखि बेलुकी सात बजेसम्म चलाउने गर्छन् । किलोमा ५० देखी ६० रुपैयाँ फाइदा आफूलाई बच्ने उनी बताउँछन् ।दिनमा थोरैमा पनि १५०० नाफा बच्ने हुनाले जीविकोपार्जन गर्न त्यस्तो कठिन नरहेको उनी बताउँछन् । 
 
चार्ड पर्वमा सामान्य व्यापार बढेपनि साइकल व्यापारले वर्ष भरिनै उस्तै प्रतिफल दिने उनीहरू बताउँछन् । मुख्य सडकमा व्यवसाय गर्न नपाइने भएपछि व्यवसायमा अलिकति असहजता आएको उनीहरूको भनाई छ । साइकल लिएर गल्ली गल्ली हिँड्नु पर्ने कुनै एक ठाउँमा राखेर व्यवसाय गर्न नपाउँदा पहिलाको जस्तो स्थिति नरहेको उनीहरूको भनाई छ । काम गर्न कठिनाइ बढे तापनि बेरोजगार भएर, मागेर खानु भन्दा स्वयम केही गरेर बस्नुमा सन्तुष्टि मिल्ने भएर नै उनीहरू घाम पानी केही नभनी आफ्नो कार्यमा तल्लीन भइरहेका हुन्छन् । यस्तै सोच,आँट अनि जाँगर हरेक नेपालीमा हुने हो भने कोही नेपालीले आफ्नो जन्मथलो छोड्न पर्ने थिएन ।  - शोभा धिताल

शनिबार, २५ कार्तिक २०८०, १२ : ३०

प्रतिक्रिया