विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

आइतबार, २६ कार्तिक २०८०, ०७ : १३

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

 यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ। 

 यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Binimaya.JPG

 

आइतबार, २६ कार्तिक २०८०, ०७ : १३

प्रतिक्रिया