प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

आइतबार, २६ कार्तिक २०८०, १६ : १४

काठमाडौँ ।हरेक वर्ष तिहारको अवसरमा प्रधानमन्त्रीको निवासमा खेलिँदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नहुने भएको छ । 

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको परिवारमा शोकको समय नतरेको भन्दै यो वर्ष भरी त्यस्ता कुनै पनि कार्यक्रम नहुने सचिवालयको जानकारी छ ।  

 

आइतबार, २६ कार्तिक २०८०, १६ : १४

प्रतिक्रिया