नेपाली बजारमा अहिले सुनको मूल्य ठ्याक्कै एक लाख १३ हजार आसपासमा कारोबार भएको छ। नेपाली बजारमा सुनको मूल्य तलमाथि भइरहन्छ। यसरी दैनिक रूपमा किन सुनको मूल्यमा घटबढ भइरहन्छ होला, के को आधारमा सुनको मूल्य निर्धारण गरिन्छ ? यो हामी सबैको दिमागमा साझा प्रश्न हुन सक्छ।
वास्तवमा विश्व बजारमा हुने मागको आधारमा सुनको मूल्य निर्धारण हुन्छ र नेपालमा पनि त्यही लागु गरिन्छ। अमेरिकाको केन्द्रीय बैङ्कले ब्याजदर घटाउँदा विश्व बजारमा सुनको माग अलिकति घट्ने गर्छ र सुनको मूल्य पनि घट्छ । यदि अमेरिकाको केन्द्रीय बैङ्कले ब्याजदर बढाएन भने लगानीकर्ताहरू सुनतिर आकर्षित हुन्छन् । यस्तो अवस्थामा सुनको माग बढ्छ ।
सुनलाई सुरक्षित सम्पत्तिका रूपमा मानिने भएकाले यसको माग बढी हुन्छ। अरू सम्पत्तिको सट्टा यदि सुनमा लगानी गर्न थालियो भने सुनको माग बढ्छ र सुनको मूल्य पनि बढ्ने हुन्छ ।सुन सस्तो हुँदा किन्ने र महँगो हुँदा बेच्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो। अन्तर्राष्ट्रिय स्तरमा सुन महँगो हुँदा नेपालमा सुन किनबेचको अवस्था यथार्थमा कस्तो हुन्छ रु दश वर्ष अघिसम्म पैसा भयो भने आफ्नो बचतको लागि पनि सुन किनेर राख्ने ,गरगहना बनाएर राख्ने गरिन्थ्यो ।
अहिले मान्छेको आर्थिक अवस्था बढेको छैन, तलब बढेको छैन, लगानी गर्न पनि एकदमै गाह्रो भएको छ । लगन र बिहेवारिका बेला , सांस्कृतिक धार्मिक कार्यक्रम गर्नु पर्ने बेलामा भाउ बढेको या घटेको ये भए पनि अनिवार्य सामाग्रीका रूपमै यसको माग बढी हुने गर्छ । सुनको मूल्य बढ्यो भने नेपालको विदेशी विनिमय सञ्चिति घट्छ । जस्तो बाहिरबाट मानिसहरूले कमाएर ल्याएको पैसा विदेशी विनिमय सञ्चितिको रूपमा जम्मा हुन्छ । हाम्रो ढुकुटीमा रहेको विदेशी पैसा अलिकति घट्ने हुन्छ ।
यदि विश्व बजारमा सुनको मूल्य बढ्यो भने त्यसले हामीसँग भएको विदेशी विनिमय सञ्चिति घटाउँछ । त्यो गर्दाखेरि भोलि हामीलाई अरू वस्तु आयात गर्न अरू वस्तु बाहिरबाट मगाउन आवश्यक पर्ने विदेशी विनिमय सञ्चिति पनि नपुग्ने अवस्था भइदिन्छ ।
नेपाल राष्ट्र बैङ्कको नीतिअनुसार आयात गरिएको सुन कहाँ जान्छ रु अहिले नेपाल राष्ट्र बैङ्कले आयात भएको सुनबाट ढिक्का सुन बिक्री गर्न बन्देज लगाएको अवस्था छ । त्यो ढिक्का सुन पनि व्यवसायीले मात्र किन्न पाउँछन् । यो सबै गहना बनाउनमा नै जान्छ । जति पनि सुन आयात हुन्छ सबै गहनामा नै खपत हुन्छ । सुनचाँदीको मूल्यवृद्धिले हाम्रो जनजीवनमा समेत असर पार्छ । सुनको मूल्य बढ्दा पनि नेपाली बजारमा भने सुनको माग घटेको छैन ।
प्रतिक्रिया